काठमाडौं, २५ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतीय सञ्चारमाध्यमले आफैंलाई नंग्याइरहेको टिप्पणी गरेका छन् । ट्वीट गर्दै मन्त्री भट्टराईले भारतीय सञ्चारमाध्यमले पूर्वीय सभ्यताकै उपहास गरिरहेको उल्लेख गरेका छन् ।
उनले ट्वीट गरेका छन्, ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्वीय सभ्यताको उपहास भइरहेको छ । उनीहरूले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन । दया लाग्छ उनीहरूको चिन्तनप्रति ! यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय मिडियालाई यस्ता हर्कत बन्द गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस