देश

सर्वसाधारणमा कोरोनाको भय घटेकोमा स्वास्थ्य मन्त्रालय चिन्तित

काठमाडौं, २५ असार-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा कोरोनाको भय घटेकोमा चिन्ता व्यक्त गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय जनमानसमा सतर्कता कम हुँदै गएको, भीडभाड बढ्दै गएको र संवेदनशील ठाउँहरूमा आवतजावत बढ्न थालेको प्रति स्वास्थ्य मन्त्रालय चिन्तित भएको बताए ।

कोरोना संक्रमितको संख्या घट्नु र क्वारेन्टाइनमा तथा आइसोलेसमा बस्नेको संख्या घटे पनि कोरोना संक्रमणको जोखिम नघटेको उनको भनाइ छ । उनले कोरोना भाइरस रोकथामका उपायहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

Featured