देश

२४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असार-बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ जना पुगेको छ ।

Featured