देश

हवाई क्षेत्र सुधारमा एडीबीले दियो ५ करोड डलर ऋण

काठमाडौं, २५ असार-नेपालको बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले नेपालको हवाई क्षेत्र नीतिगत सुधारका लागि ५ करोड डलर अर्थात् ६ अर्ब रुपैयाँबराबरको ऋण सहायत उपालब्ध गराउने भएको छ ।

बिहीबार मन्त्रालय ऋण कार्यान्वयन गर्नेसम्बन्धी सम्झाैतापत्रमा अर्थ मन्त्रालयका सह-सचिव श्रीकृष्ण नेपाल र एडीबीका देशीय निर्देशक मुख्तर खामुदखानोवले हस्ताक्षर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय गरी  २ निकायमा विभाजन गर्ने गरी सरकारले विधेयक ल्याएको छ ।

एडीबीले नेपालको उड्डयन क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । यसअघि भैरहवा विमानस्थलको निर्माण र त्रिभुव विमानस्थलको क्षमता वृद्धिमा समेत एडीबीले लगानी गरेको थियो ।

एसियाली विकास बैंकका देशीय निर्देशक खामुदखानोवले विमानस्थलहरूको कमजोर सेवा सुधार, नीतिगत सुधारका माध्यमबाट नेपालको अर्थतन्त्रमै सहयोग पुग्ने बताए ।

Featured