देश

असारअघि नै सकियाे ६३ प्रतिशत रोपाइँ

काठमाडाैं, २५ असार-देशभर समयमै मौसमी वर्षात् भएका कारण ६३ प्रतिशतभन्दा बढी रोपाइँ सकिएकाे छ । २५ असारभित्र ६३ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले जानकारी दिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष ३९ प्रतिशतभन्दा बढी रोपाइँ भएको विभागले जानकारी दिएको छ । गत वर्ष यो अवधिमा २३.८० प्रतिशत मात्र रोपाइँ भएको विभागले जनाएको छ । विगतका वर्षभन्दा यो साल समयमा वर्षात् भएकाले रोपाइँ चाँडाे गर्न सफल भएको कृषि मन्त्रालयले जनाएको छ ।

Featured