खेलकुद विदेश

ब्राईटनमाथि जितसँगै लिभरपुल कीर्तिमानी अंकतिर

एजेन्सी, असार २५-प्रिमियर लिगमा लिभरपुलले ब्राईटनमाथि सहज जित निकालेकाे छ । बुधबार राति भएकाे खेलमा लिभरपुलले घरेलु टाेली ब्राईटनलाई ३–१ गोलले पराजित गरेकाे हाे ।

लिभरपुलकाे जितमा एनफिल्ड स्टार मोहमद सालाहले छैटाैँ र ७६ औँ मिनेटमा गरी २ गाेल गरे । कप्तान जोर्डन हेन्डरसनले आठौँ मिनेटमा गाेल गरे । ब्राईटनका लिन्ड्राे ट्राेडर्सले पहिलो हा:फको अन्तिम मिनेटमा एक गाेल फर्काए । जितसँगै यस सिजनकाे विजेता लिभरपुलले ३४ खेलबाट ९२ अंक बटुलेकाे छ ।

Featured