विदेश

ला लिगा थप राेमाञ्चक, रियल मड्रिडलाई बार्सिलाेनाकाे चुनाैती

काठमाडाैं, २५ असार-स्पेनिस ला लिगा उपाधिका लागि आगामी प्रतिस्पर्धा थप राेमाञ्चक हुने देखिएकाे छ । बुधबार राति घरेलु मैदानमा स्पानियाेलाई १-० गाेलले पराजित गरी ३ अंक जाेड्दै बार्सिलोनाले शीर्षस्थानकाे रियल मड्रिडसँगकाे अंक दूरी १ मा झारेकाे छ । याेसँगै उपाधि हाेडमा बार्सिलाेनाले रियल मड्रिडमाथि दबाब बढाएको छ ।

बार्सिलोनाको जितमा लुईस सुआरेजले खेलको ५६औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । जितसँगै बार्सिलोनाले ३५ खेलबाट ७६ अंक बनाएकाे छ । एक खेल कम खेलेको रियल म्याड्रिको ७७ अंक छ । रेलिगेसनमा परेको स्पानियाेलको २४ अंक छ ।  बुधबार राति नै भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई १-३ तथा रियल बेटिसले ओसासुनालाई ३-० गाेलले पराजित गर्‍याे ।

Featured