मनोरंजन विदेश

रहेनन् भारतका चर्चित कमेडियन जगदीप

एजेन्सी, असार २५-भारतीय वरिष्ठ अभिनेता, चर्चित हास्य कलाकार जगदीपको ८१ वर्षको उमेरमा निधन भएको छ । उनले बुधबार साँझ मुम्बईस्थित आफ्नो निवासमा अन्तिम सास लिए ।

क्यान्सरपीडित जगदीपको निधन बुधबार साँझ साढे ८ बजे भएको निर्माता एवं जगदीपका पारिवारिक मित्र महमूद अलीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । बिहीबार उनको अन्तिम संस्कार गरिने छ ।

जगदीपको निधनपछि बलिउड शोकाकुल बनेको छ । अभिनेता अनुपम खेरले ट्वीटरमा उनको स्मरणमा लेखेका छन्, ‘एक तारा जमिनबाट आकाशमा पुग्यो ।’

Featured