देश सूचना/ प्रबिधि

युवा वैज्ञानिकहरूसँग प्रदेशले माग्यो अवधारणा पत्र

काठमाडाैं, २५ असार-गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत युवा वैज्ञानिक प्रोत्साहन कोषले वैज्ञानिकहरूसँग अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनसम्बन्धी अवधारणा पत्र माग गरेको छ । प्रतिभाशाली युवा वैज्ञानिकहरूको प्रोत्साहन तथा प्रदेशको समग्र विकासका लागि यस्तो अवधारणा पत्र माग गरिएको कोषले जनाएको छ ।

प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इन्जिनियरिङ, यातायात, नवीकरणीय ऊर्जा, विद्युत संग्रह आदि आयोजनाका प्राथमिकताको क्षेत्र रहेको कोषले जनाएको छ । यसमा पनि खसगरी जनस्वास्थ्य र कृषिलाई विशेष फोकस गरिएको छ ।

उदयीमान प्रविधिको विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरूलाई संलग्न गराई अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा क्षमता विकास गर्दै प्रदेशको उच्च आर्थिक वृद्धि र नागरिकको जीवन पद्धतिलाई सरल, सहज बनाउन योगदान दिने उद्देश्यले मन्त्रालयले युवा वैज्ञानिक कोष स्थापना गरेको थियो ।

Featured