विदेश

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो ।

एक स्विफ्ट डिजायर कार लुटेर भाग्दै गरेका बरुआलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा इटावास्थित बकेवर थाना क्षेत्रमा प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको र बरुआको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । बरुआका अन्य ३ जना साथी भने भाग्न सफल भएका छन् । बरुआको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Featured