देश राजनीति

अनुशासन उल्लंघन गर्ने कांग्रेस महासमिति सदस्य मल्ल निष्कासित

काठमाडौं, २४ असार-अनुशासन उल्लंघन गरेको भन्दै बाँके जिल्लाका नेपाली कांग्रेसका महासमिति सदस्य महेन्द्र मल्ल पार्टीबाट निष्कासित भएका छन् । आज बसेको केन्द्रीय अनुशासन समितिको बैठकले मल्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीका सचिव प्रेम केसीले विज्ञप्ति जारी गर्दै मल्लले पार्टीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएर नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लंघन गरेकाले मल्ललाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

Featured