बुधबार २ जना मेडिकल अफिसर, १ जना स्टार्फ नर्स र १ जना सिनियर अहेवमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । ‘कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टाइनमा बसेकाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘संक्रमण देखिएपछि उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।’
यसअघि पनि असार ११ गते २ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरू आइतबार मात्रै डिस्चार्ज भएका थिए ।
प्रतिक्रिया दिनुहोस