देश

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइँदै

ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे बोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा दीर्घकालीन रूपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरिएको मन्त्री अर्यालले बताइन् । ‘सहकारी क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा दीर्घकालीन रूपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरौँ’, मन्त्री अर्यालले भनिन् ।

सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै मन्त्री अर्यालले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्ने बताइन् । बोर्डले तयार गरेको दीर्घकालीन रणनीतिमा छलफल गरेर सुझाव दिनसमेत त्यस अवसरमा मन्त्री अर्यालले आग्रह गरिन् ।

Featured