देश राजनीति

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

Onfd @$ c;f/ M d'n'sdf /fhgLlts :yfloTjsf nflu k|wfgdGqL s]kL zdf{ cf]nL g]t[Tjsf] ;/sf/sf] lg/Gt/tfsf] dfu ub{} a'waf/ Onfd ahf/df o'jfx?n] lgsfn]sf] ¥ofnL . tl:j/ M 6Lsf vltj8f ÷/f;;

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।

‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले इलामको ठूलो टुँडिखेलबाट निकालिएको र्या‍ली बजार परिक्रमा गरी चोक बजारमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा भेला भएका युवाले अहिलेको समय प्रधानमन्त्री फेर्ने नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न नेकपाका नेतृत्वलाई आग्रह गरे ।

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका युवाले जनताको अभिमतको मान्न आग्रह गरे ।

सो अवसरमा अशोेक खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।

खेमसागर खनालले देश विकास, रोजगारीको अवसर, समतामूलक समाज निर्माण गर्न पनि हरेक सरकार ५ वर्ष चल्नुपर्नेमा जोड दिए । आज प्रधानमन्त्री ओलीका पक्षमा देशभर विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

Featured