देश

गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय १६ पुग्यो

पोखरा, २४ असार-गण्डकी प्रदेशमा बुधबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा बागलुङ, तनहुँ र म्याग्दीका १/१ जना रहेका छन् ।

संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ । जसमध्ये ३ सय ५४ संक्रमित निको भएका छन् । गण्डकी प्रदेशमामा अहिलेसम्म कोरोनाबाट ४ जनाको ज्यान गएको छ

Featured