काठमाडाैं, २४ असार-कोरोना भाइरस ‘हावाबाट फैलिने’ प्रमाण फेला परेको छ । यस्तो प्रमाण भेटिएको कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वीकार गरेको छ ।यसअघि वैज्ञानिकहरूको समूहले डब्लूएसओलाई पत्र पठाउँदै आफ्नो विद्यमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको थियो । कोभिड–१९ महामारीसँग जोडिएका डब्लूएचओका टेक्निकल लिड डाक्टर मारियाले एक न्युज ब्रिफिङमा भनिन्, ‘हावामार्फत् कोरोना भाइरस फैलिने कुरामा हामी चर्चा गरिरहेका छौँ ।’
यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाबाट फैलिने प्रमाण भेटिएको बताएकी बीबीसीले उल्लेख गरेको छ । उनले भनिन्, ‘सार्वजनिक स्थान, खासगरी भीडभाड हुने क्षेत्र, हावाको कमी भएको ठाउँ वा बन्द कोठामा हावाको माध्यमबाट भाइरस फैलने आशंकालाई इन्कार गर्न सकिँदैन । यद्यपि, सबै प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौँ ।’
प्रतिक्रिया दिनुहोस