देश

पर्वतमा काेराेनाका २३ संक्रमित निकाे भएर घर फर्कँदै

पाेखरा, २४ असार-पर्वतमा एकैदिन २३ जना कोरोना संक्रमित घर फर्किँदै छन् । कोरोना संक्रमण देखिएपछि कुस्मास्थित अस्पतालको आइसोलेसनमा राखिएका उनीहरूको दोस्रो परीक्षण रिपार्टसमेत नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएकाे हाे ।

डिस्चार्ज हुने २३ जना मध्ये केही व्यक्ति संक्रमण पुष्टि भएको ३४ दिनसम्म अस्पतालमा बसेका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा २३ जना संक्रमितको पीअीसार रिर्पोट नेगेटिभ आएको हो ।

उनीहरूलाई आज बिदाई गर्ने तयारी रहेकाे पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए।

उनका अनुसार आइसोलेसनमा रहेका ६२ संक्रमितमध्ये २३ जना निको भएपछि अब ३९ जना मात्रै अस्पतालमा छन् । अस्पतालमा रहेका बिरामीमा पनि कोरोनाको लक्षण नदेखिएको डा. देवकोटाले बताए।

पर्वतमा अहिलेसम्म २८ जना संक्रमित निको भएर घर फर्केका छन । जिल्लामा काेराेना संक्रमितको संख्या ९० छ । अस्पताबाट डिस्चार्ज हुनेमा प्रहरी, स्वास्थ्यकर्मीलगायत रहेको अस्पतालले जनाएको छ। पर्वतमा अहिलेसम्म १ हजार १ सय ३६ जनाको पीसीआर परिक्षण गरिएको छ । क्वारेन्टाइनमा १ सय ३ जना छन् ।

Featured