विदेश

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ ।

पर्यटक आवागमनको अनिश्चितता र कोरोना भाइरससँग अझै धेरै मुलुकहरू जुधिरहेको अवस्थामा ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो ।

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई आमन्त्रण गर्न दुबईले तयारी थालेको छ ।

तर, यसका लागि कोरोना भाइरसको नियन्त्रण गर्नु संयुक्त अरब इमिरेट्स (युएई) का लागि फलामको च्यूरा चपाएसरह हुनेछ । युएईमा पनि कोरोनाभाइरसबाट संक्रमितहरू छन् र उनीहरूको उपचार जारी छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।

Featured