देश

कटहरीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप प्रा.लि. कटहरीको आयोजनामा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा कटहरी गाउँपालिकाका प्रतिनिधि माधव खनालले कटहरी गाउँपालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको बताउँदै समुदाय स्तरमा संक्रमण फैलिन नदिन गाउँपालिकाले रोकथाम तथा नियन्त्रण कार्य अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।

उनले कटहरीमा विदेशबाट आएर सोझै क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै अभिमुखिकरण कार्यक्रमले कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण र रोकथाममा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विराटनगर न्युज मिडिया गु्रप प्रा.लि. का अध्यक्ष मृत्युञ्जयकुमार झाले कोरोना भाइरस संक्रमणबाट बच्न आफै सचेत रहनुपर्ने बताए । उनले संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्क, स्यानिटाइजरको प्रयोग र सरसफाईमा विषेश ध्यान दिँदै सावधानी अपनाउनुपर्ने बताए ।

कार्यक्रममा आदर्श नगर सुधार समितिका सचिव किशोर भट्टराईले महामारी नियन्त्रणका लागि समुदायमा सचेतीकरणको आवश्यकता रहेको बताए । कार्यक्रममा कटहरी गाउँपालिका वडा नं. २ का २५ जनाको सभागिता रहेको विराटनगर न्युज मिडिया गु््रप प्रा.लि.का कार्यकारी निर्देशक किशोर विश्वकर्माले जानकारी दिए । सो कार्यक्रमको सहजिकरण लामो समयदेखि सामाजिक र स्वास्थ्य क्षेत्रमा कृयाशिल शान्ति गजमेरले सहजिकरण गरेकी थिइन् ।

Featured