देश राजनीति

सरिता गिरीलाई सा‌ंसदबाट बर्खास्त गर्ने समाजवादीको तयारी 

काठमाडौं, २३ असार-समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ ।

नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।

पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई कारबाही गर्ने निर्णय गर्न बैठक बसिरहेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले उनलाई कारबाही गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय लिँदै छ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।

Featured