देश राजनीति

प्रधानमन्त्रीको राजीनामामा अड्कियो नेकपा विवाद

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउने प्रयास भइरहेको छ ।

बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।

ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा मिल्न सकेन ।

Featured