देश

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो ।

थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६ जना छन् । जसमध्ये ४ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभ रिपोर्ट आउने १६ वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म रहेका छन् ।

धनुषाको गोपाल धर्मशाला क्वारेन्टाइनमा रहेका १० जना, धनुषा धाम क्वारेन्टाइनमा २ लक्ष्मीनिया गाउँपालिकाको क्वारेन्टाइनमा ३ र दुहावी क्वारेन्टाइनमा रहेका १ जनामा कोरोन संक्रमण देखिएको छ ।

त्यस्तै, महोत्तरीको धमौरा क्वारेन्टाइनमा रहेका ४ जना भौरुखी मावि लोहारपट्टी क्वारेन्टाइनमा र प्रदेश अस्पताल जनकपुरमा रहेका १/१ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २३५ जनाको परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । २१३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Featured