देश

लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा बढी युवा परेकाले नियन्त्रणमा सबै लाग्नुपर्ने बताए ।

सर्वेक्षणअनुसार हाल नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् । नेपालमा सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेर समूहका बेराजगार युवायुवती लागूऔषधमा फसेको सर्वेक्षणले जनाएको छ ।

Featured