देश

भरतपुरको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

चितवन, भदौ २–राष्ट्रिय वाणिज्य बैंकको भरतपुरस्थित कार्यालयमा आगलागी भएको छ। भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा सोमबार बिहान आगलागी भएको हो।

बिहान साढे सात बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीबाट दुई तले भवनको तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्।

शाखा प्रमुखको कार्यकक्ष जलेको छ । क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ। महत्वपूर्ण कागजात, पैसाको लकर र सर्भर भने सुरक्षित रहेको बताइएको छ।