देश

श्री एयरलाइन्सले नयाँ जहाज भित्र्यायो

काठमाडौं, भदौ २–निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नयाँ जहाज भित्र्याएको छ। एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज भित्र्याएको हो।

सो विमान ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भ्रमण वर्ष २०२० अभियानको पूर्वसन्ध्यामा आन्तरिक उडानलाई थप विस्तार गर्ने उद्देश्यले जहाज थपिएको कम्पनीका प्रबन्धक अनिल मानन्धरले बताए। श्रीसँग अब जाहजको संख्या पाँच पुगेका छन्। नयाँ जाहजले पोखरा, सिमरा र जनकपुर उडान भर्ने एयरलाइन्सको योजना छ।