देश

काठमाडौंको बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी

काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो ।

के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Featured