देश

हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा सुरु हुदै

काठमाडौँ, भदौ २–अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ। आजदेखि पाँच दिन (भदौ २ देखि ६ गते) सम्म काठमाडौंको सोल्टी होटलमा सम्मेलनको आयोजना हुँदैछ।

सम्मेलनमा एसिया प्रशान्त देशका हवाई महानिर्देशक सहभागि हुनेछन्। साथै आईकाओका अध्यक्षसहित सुरक्षा अधिकारी पनि सम्मेलनमा सहभागी हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

एसिया प्रशान्त क्षेत्रका अतिरिक्त अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तराष्ट्रिय संघ–संस्थाका प्रतिनिधिहरुले पनि सम्मेलनमा सहभागिता जनाउनेछन् ।

आईकाओमा नेपालसहित १९३ राष्ट्र सदस्य राष्ट्र छन्। यी सदस्य राष्ट्रहरुले पालैपालो आफ्नो क्षेत्रमा सम्मेलन आयोजना गर्ने गरेका छन्। यसपटक एसिया प्रशान्त क्षेत्रको ५६ औं सम्मेलन आयोजना गर्ने पालो नेपालको परेको हो । सन् २०१९ आईकाओ स्थापनाको हीरक वर्ष पनि हो। सन् १९९८ मा पनि नेपालमा यस्तो सम्मेलन गरिएको थियो। यसअघि फिजीमा भएको सम्मेलन नेपालपछि बंगालदेशले आयोजना गर्दै ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’ ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुने त्रिभुवन अन्तर्रा्ष्ट्रि विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए।

Featured