देश राजनीति

बालुवाटारमा प्रधानमन्त्रीको मन्त्री र राज्यमन्त्रीसँग समसामायिक विषयमा छलफल

काठमाडौं, २० असार-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको बोलावटपछि अहिले मन्त्री र राज्यमन्त्रीहरू बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । मन्त्री र राज्य मन्त्रीलाई प्रधानमन्त्रीले समसामायिक राजनीतिक अवस्थाबारे जानकारी गराउने तथा परामर्श लिने काम भइरहेको उनले बताए ।

यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटेका हुन् । यसअघि बिहीबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

Featured