देश राजनीति

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवास, मन्त्रीहरूलाई बालुवाटार बोलाइयो

??????

काठमाडौं, २० असार-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न केहीबेर अघि शीतलनिवास गएको बालुवाटार स्रोतले बतायो ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । बिहीबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

यसैबीच ओलीले मन्त्रीहरूलाई साँझ बालुवाटार बोलाएका छन् । आफ्नै पार्टीका शीर्षस्थ नेताहरूले राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरूलाई बोलाइएको हो । छलफलमा राज्यमन्त्रीहरूलाई समेत बोलाइएको छ । बालुवाटारमा डिनरका लागि भन्दै बोलाइएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले १४ असारमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र नेकपाकै नेताहरू लागि परेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद चर्किएको छ । पार्टीकै शीर्षस्थ नेताहरूले सामूहिक रूपमा उनलाई दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

Featured