देश

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

सरकारले जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका छन् ।आज खड्का फाँटमा संयुक्त रोपाइँ गर्न आएका किसानलाई प्रहरीले रोक्न खोजेपछि तनावको स्थिति आएको हो । झडपमा स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् ।

Featured