देश

मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं, भदौ २–‘मार्क्सवाद र एसियाली दर्शन’ सम्बन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मंगलबारसम्म चल्ने सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोपसहितका १२ राष्ट्रका प्रतिनिधिहरु सहभागी हुनेछन्।

अहिले केही समयपछी प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उदघाटन सत्रपछि सुरु हुने गोष्ठीमा दुई दर्जन कार्यपत्र प्रस्तुत हुनेछन्।

नेपालमा पहिलो पटक यस्तो सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनले पूर्वीय दर्शन तथा मार्क्सवादी दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्न गर्ने आयोजकले जनाएको छ।