देश

धनगढीको बेली जंगलमा २ युवतीको शव फेला

धनगढी, २० असार-कैलालीको धनगढी उपमहानगरपालिकाको एक जंगलमा २ युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिका-७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको भेटिएको हो ।

प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको जानकारी दिए । उनले भने, ‘शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी  पनि फेला परेको छ , विष सेवन गरेर नै आत्महत्या गरेको हुन सक्छ ।’ दुवैको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । दुवै युवतीहरू सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Featured