देश

सुर्खेतकाे भेरीगङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत, १९ असार-सुर्खेतको भेरीगङ्गा नगरपालिका– ९ मा करेन्ट लागेरका एक जनाको मृत्यु भएको छ । बारीमा मोटरद्वारा पानी तान्ने क्रममा करेन्ट लागेर २५ वर्षीय मनोज गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

बारीमा मोटरद्वारा पानी तान्ने क्रममा तार सर्ट हुन गई करेन्ट लागी घाइते भएका गुरुङको थप उपचारका लागि मेहेलकुना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको सूचना अधिकारी घर्तीले जानकारी दिए ।

Featured