देश

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्याको संख्या १५ हजार नाघेको छ । नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।पछिल्लो २४ घण्टाको अवधिमा ८७३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । यसरी नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका २३ वटा प्रयोगशालमा ४ हजार ४८३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै,  ३५ हजार ४७२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ८४ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Featured