देश

भोटेकोशीको बेलिब्रिज बाढीले बगायो

काठमाडौँ, भदौ २–आइतबार राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ। बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो।

भोटेकोशी नदीमा बाढी आएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ तथा वडा नम्बर ५ खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। भोटेकोशीमा पानीको वहाव बढेपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर राति नै बाहिरिएका थिए।

भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए।

Featured