विदेश

चीनसँगको तनावबीच अचानक लेह पुगे मोदी

एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका क्रममा २० जना भारतीय सैनिक मारिएका थिए ।

भारतको सरकारी समाचार प्रसारक प्रसार भारतीले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी निमुमा छन् । उनी आज बिहान पुगेका हुन् । प्रधानमन्त्रीले सेनाका जवान, एयर फोर्स र आईटीबीपीसँग कुराकानी गरिरहेका छन् ।’

सैनिक अधिकारीहरूले त्यो क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने कार्यक्रम रहेको थियो । तर, उनको भ्रमण बिहीबार रद्द भएको थियो । प्रधानमन्त्री मोदीसँग सेना प्रमुख नरवणे र सीडीएस विपिन रावतसमेत छन् ।

Featured