देश राजनीति

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे राष्ट्रपति कार्यालय

काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले जनाएको छ ।

अन्य नेताहरुले भने स्थायी कमिटी बैठकका लागि बालुवाटारमा भेला भएका छन् । बैठकमा सहभागी हुन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु भने बालुवाटारमा जम्मा भएका छन् । स्थायी कमिटी बैठक ११ बजे बोलाइएको थियो भने १२ बजे मन्त्रिपरिषद बैठक समेत बोलाइएको छ ।

Featured