देश

लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् ।

आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डाईलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल बरामद गरिएको हो ।

विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured