देश

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र कानेपोखरीका १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज पष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

Featured