विदेश

रुसमा कोरोना संक्रमितको संख्या साढे ६ लाख नाघ्यो

मस्को, असार १७–रुसमा कोरोना संक्रमितको संख्या साढे ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ५ सय ५६ जना थपिएसँगै रुसमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४ सय ५ पुगेको हो ।

जसमध्ये ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ । ४ लाख २२ हजार ९ सय ३१ जना निको भएर घर फर्किएका छन् भने २ लाख २१ हजार ९ सय ३८ जना उपचाररह रहेको जनाइएको छ।

Featured