देश

मनसुन कमजोर बन्दै, पश्चिम भूभागमा भारी वर्षा

काठमाडौं, २ भदौ–देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको र भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको महाशाखाले जनाएको छ। मनुसुन क्रमस कमजोर बन्दै गइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भदौ २ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भदौ ३ गते मंगलबार
दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ४ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

Featured