देश

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

घटनामा संलग्न भएको आरोपमा विराटनरगर ११ का मेलिस लामा र सन्तबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । अस्पताल प्रशासनले बुधबार विहान पेट्रोल बम प्रहार भएको बताउँदै आएको छ ।

Featured