खेलकुद विदेश

स्पेनिस ला लिगामा एट्लेटिकोको कठिन जित

काठमाडौं, एजेन्सी, भदौ २-स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोलले हरायो। एट्लेटिकोको कठिन जितमा अल्भारो मोराटा नायक बने।

मोराटाले खेलको २३औं मिनेटमा गरको गोल नै एट्लेटिकोको जितमा प्रयाप्त बनेको थियो। मोराटाले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए। काइरन यसैसिजन टोट्टनहामबाट एट्लेटिको आएका हुन्।

प्रतिस्पर्धातमक खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा सकेटिएका थिए। गेटाफेका जोर्गे मोलिनाले ३८औं मिनेटमा रातो कार्ड पाएका थिए। लगतै एट्लेटिकोका रेनान लोडी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। त्यसपछि एट्लेटिकोले ५५औं मिनेटमा पाएको पेनाल्टी गुमाएको थियो। मोराटाको पेनाल्टी प्रहारलाई गेटाफेका गोलरक्षकले बचाएका थिए। जितसँगै एट्लेटिकोले तीन अंक बनाएको छ।

Featured