देश

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार-नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो ।

अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे मुटुको शल्यक्रिया गरिएको थियो । उनी समुदायबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् । छन्त्याल २०७० को संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइरालाले दुःख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकसमेत स्थगित गर्ने तयारी भइरहेको छ ।

Featured