देश राजनीति

वामदेवको आरोप : प्रधानमन्त्रीले नै एमाले पार्टी दर्ता गराए

काठमाडौं, १६ असार-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका हुन् ।

‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु,’ गौतमलाई उद्धृत गर्दै सहयोगी विश्वमणि सुवेदीले भने, ‘अहिले यस्तो काम गर्ने बेला होइन ।’  उनका अनुसार उपाध्यक्ष गौतमले अन्य १२ जनाझैँ आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

Featured