देश राजनीति

निर्वाचन आयोगले भन्योः नेकपा एमाले दर्ता गर्न निवेदन आएको छ 

काठमाडौं, १६ असार -नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।हिजो (सोमबार) सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ, निवेदन उपर आयोगबाट कारबाही प्रक्रिया अघि बढेको छ’, श्रेष्ठले भने ।

सन्ध्या तिवारी अध्यक्ष रहने गरी निवेदन आएकोे श्रेष्ठको भनाइ छ । आज बसेको स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले दर्ता गराएको भन्दै अनुसन्धान गर्न माग गरेपछि यो विषय चर्चामा आएको छ ।

Featured