देश राजनीति

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा दुईवटा विषयमा उठान गराएको छ ।

‘मदन भण्डारीको जन्मजयन्तीको दिन प्रधानमन्त्रीले देशी विदेशी शक्तिले हटाउन खोजेको तथा दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको विषय प्रचण्डले प्रवेश गराएपछि बैठक त्यसैमा केन्द्रित भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने ।

Featured