देश

देशभर ३१६ जनामा कोरोना पुष्टि, पीसीआर परीक्षण घट्यो

काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार संक्रमित मध्ये ७१ महिला रहेका छन् भने २४५ पुरुष रहेका छन् । आज उपत्यका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए । ललितपुरका १ पुरुष, काठमाडौंका ४ महिला ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा १ हजार ६५७ जना महिला महिला र ११ हजार ९०७ जना पुरुष गरी कुल १३ हजार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Featured