देश

सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि तय भएको लकडाउन मोडालिटीलाई आगामी ७ साउनसम्म निरन्तरता दिने निर्णय गर्दै एसएसमएस अभियानमा कडाइ गर्ने भनेको छ ।

एकजना मन्त्रीका अनुसार भाइरसबाट जोगिन सर्वसाधारणका लागि ‘सोसल डिस्टेन्ट, मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ । यसलाई सरकारले एसएमएस गराउने अभियान भनेको छ ।

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै यतिवेला सवारीसाधन जोर बिजोरमा चलेका छन् भने पसल व्यवसाय, उद्योग खुलेका छन् । सार्वजनिक सवारी नचलेपनि निजी सवारीका कारण मानिसको भीडभाड बढ्दै जान थालेपछि भाइरस संक्रमणबाट बच्न एसएमएस शुत्रलाई अनिवार्य पालना गर्न अभियान चलाउने सरकारले निर्णय गरेको ती मन्त्रीको भनाइ छ । सरकारले काठमाडौं उपत्यका भित्रिनेका लागि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्ने, सर्तक रहने जस्ता नियम बनाएको उनको भनाई छ ।

Featured