देश

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता विधेयकमा राखिएको व्यवस्था, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार लगायतका विधेयक संविधानका मर्मविपरीत हुने गरी सरकारले ल्याएको र यी समग्र विषयमा सडकदेखि सदनसम्म आन्दोलन गर्नुपर्नेलगायत एजेण्डामा छलफल हुने छ ।

१४ औं महाधिवेशन ७ फागुनदेखि १० गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसले निर्णय गरसकेको छ । कोरोनाले केन्द्रीय महाधिवेशन प्रभावित नहुने भए पनि प्रदेश, जिल्ला, क्षेत्रलगायत तल्ला तहका अधिवेशन भने प्रभावित हुने देखिन्छ ।

Featured